रामनवमीको अवसरमा आज देशभरि सार्वजनिक बिदा।
काठमाडौँ – आज आइतबार २७ चैत २०७८
चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन।
सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।