निर्वाचन आयोगले बोलाएको दलहरूको बैठकमा नाराबाजी।
२२ चैत्र, काठमाडौं।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न बोलाएको बैठकमा विवाद भएको छ । आचारसंहिताबारे छलफल गर्न ७९ दलको बैठकमा केही साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । उनीहरूले छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि विरोध जनाएको बताएका छन् ।
विरोध जनाउने दलका प्रतिनिधिले सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको आरोप पनि लगाएका छन् । उनीहरूले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । दलहरूले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुग्यो ।