त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान, उडान दिनभरि नै प्रभावित हुने।

१० चैत्र, काठमाण्डौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभर नै उडान सेवा भने प्रभावित भएको छ ।
बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ।
ढिलो भए पनि उडान नरोकेको उहाँले बताउनुभयो । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय