यातायात कार्यालयको सवारी दर्ता गराउने रजिस्टर बिचौलियाको झोलामा।

०६ चैत्र, काठमाडौं ।

यातायात कार्यालयको सवारी दर्ता गराउने महत्वपुर्ण रजिस्टर बिचौलियाको झोलामा फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उक्त रजिस्टर बरामद गर्नुका साथै बिचौलियालाई पनि पक्राउ गरेको छ ।

ललितपुर प्रहरी प्रवक्ता सिद्धीविक्रम शाहका अनुसार उक्त रजिस्टर कुसुन्ती यातायात कार्यालयको हो ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २३ का ३२ वर्षीय मनोज बाँस्तोला छन् । उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएको कात्तिक २८ मा बास्तोलाले बा १२ च ४४९९ नम्बरको हुन्डाई कम्पनीको ग्रान्ड आइटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडिको होटलमा बसेर पास गरिदिएका थिए ।

त्यसपछि उनले गाडीको ब्लू बुकमा उल्लेखित गाडी नदिएपछि उनिविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

रजिस्टरमा विभिन्न सवारी साधनहररू नामसारी दर्ता भएको उल्लेख गरेर छाप लागेको भेटिएको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत ललितपुरले उनीविरुद्ध ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रवक्ता शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय