
नेकपा माओवादी केन्द्रले दुई तिहाइ दम्भ देखाएको एमाले अध्यक्ष केपी शर्मा ओली अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले सदन खुलेको २१ दिनसम्म पनि कुनै काम गर्न नसकेको बताए ।
उनले भने, ‘सरकार अहिले अध्यादेशको पासोमा परेको छ । सदन ढिला बोलायो । सदन बोलाएको २१ दिन भइसक्यो तर अहिलेसम्म हातमा लाग्यो शून्य, यस्तो स्थितिमा छ । सदन प्रभावकारी हुनुपर्ने हो । तर, अहिले आरोप र प्रत्यारोपको थलो बनेको छ । त्यहाँ विचार, नीति र सिद्धान्तको बहस हुँदैन । फगत आरोप-प्रत्यारोप हुन्छ ।’
उनले सदनमा सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले उत्तर नदिनु लज्जाजनक भएको बताए ।