राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उद्योग मन्त्री दामोदर र सांसदबिच चर्काचर्की भएको छ ।

उद्योग मन्त्री भण्डारीले सिमेन्टको मूल्य बढ्नुमा आफ्नो कुनै हात नरहेको र लोडसेडिङ बढ्दा मूल्य वृद्धि भएको तर्क गरेका थिए ।

‘लोडसेडिङ छैन भन्नु हुन्छ विद्युत् प्राधिकरणले सेड्युल दिएको छ । बोलाउनु न  प्राधिकरणलाई । मूल्य वृद्धि भएको बेलामा कति लोडसेडिङ छ भन्ने विषयमा गुगलमा सबैले हेर्न सकिन्छ ,’ उनले जंगिँदै भने, ‘अपर तामाकोशी सञ्चालन नहुँदा लोडसेडिङ बढेको भन्ने विद्युत् प्राधिकरणले नै स्वीकार गरेको छ । मूल्य वृद्धि गर्नुमा सरकारको हात छैन ।’

त्यसपछि चर्किँदै सांसद गोपीबहादुर सार्की अछामीले पनि मन्त्री भण्डारीलाई विद्युत् प्राधिकरणको विषय समितिमा तर्क नगर्न आग्रह गरे । ‘मन्त्रीज्यू यो बहस यहाँ गर्ने होइन विद्युत् प्राधिकरणमै गएर गर्नुस्,’ सांसद सार्कीले भने ।

सोही क्रममा सांसद राजेन्द्रलक्ष्मी गैरेले पनि मन्त्री भण्डारीलाई सम्बन्धित विषयमा रहेर तर्क गर्न आग्रह गरिन् । ‘सिमेन्टको मूल्य बढेको छ । यो मूल्य बढ्नुमा सरकारको हात नभएर सांसदहरूले मूल्य वृद्धि गरेको हो त ?’, उनले भनिन् ।

त्यसपछि समितिका सभापति सोनाम गोल्जेन शेर्पाले मन्त्री भण्डारीलाई विषयवस्तुमा केन्द्रित रहेर कुरा गर्न निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय