राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार उक्त मुद्दाको मिसिल अध्ययन भइरहेको छ । केहीबेरपछि इजलासमा बयान सुरु हुने उनले  बताए ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए । उनी कार्यालय खुलेपछि अदालत उपस्थित भइसकेका छन् ।

बयानपछि रविविरुद्धको मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायाधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहु गर्ने छन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिस्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय