पचास हजार धरौटीमा छुटे र्यापर लाहुरे।
१० फाल्गुन २०७८, काठमाडौं।
र्याप गीतका गायक लाहुरे भनिने आशीष राना अवैध लागु औषध ब्राउन सुगर उपभोग गरेको अभियोगमा पक्राउ परेको ३६ औं दिनमा मंगलबार रिहा भएका छन्। कास्की अदालतले गरेको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन्
अदालतका सूचना अधिकारी नील पनेरुका अनुसार लाहुरेसँगै पक्राउ परेका अरु ३ जना भने पूर्पक्षका लागि जेल चलान भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र स्थायी ठेगाना स्याङ्जाको भीरकोट नगरपालिका स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीया • सुस्मिता गुरुङ जेल चलान भएका हुन्। पर
उनीहरु सबैलाई कास्की प्रहरीले पुस १४ गते पोखराको न्युरोडनजिकैबाट अवैध लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट करिब १३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । साथमा भेटिएको डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। लाहुरे चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन्। लाहुरे लागुऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो ।
अदालतको आदेशनुसार लाहुरेलाई थुनाबाहिरै बसेर मुद्दा लड्ने सुविधा प्राप्त भएको छ। उनले पहिल्यैदेखि लागुऔषध सेवन गर्दै आएको र त्यसो नगरी स्टेज चढ्नै नसक्ने बयान प्रहरीलाई दिएका थिए। न्यायाधीश बाबुराम सुवेदीको इजलासले लाहुरलाई धरौटीमा छाड्ने र अरुलाई पुर्पक्षका लागि थुन्ने आदेश गरेको हो। लाहुरेबाहेक अरु लागुऔषधका कारोबारी नै रहेको प्रहरी अनुसन्धानको रिपोर्ट थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय