सशस्त्र प्रहरी द्वारा भारी मात्रामा लागूऔषध बरामद।
०४ फाल्गुन २०७८, अमरेस कुमार पाण्डेय। महोत्तरी
सशस्त्र प्रहरीले १३ सय १३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी मुख्यालय महोत्तरी मातहतको धनुषा स्थित बोर्डर आउटपोष्ट महुवाले उक्त परिमाणको लागूओषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक कमल राईको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ३ महुवामा चेकजाँच गर्ने क्रममा १३सय १३ एम्पुल प्रतिबन्धित लागूऔष बरामद गरेको सशस्त्र प्रहरी २ नम्बर बाहिनी मुख्यालय महोेत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले बताए ।
२ एमएलको नुरफित इन्जेक्सन ४३८ एम्पुल, डायजेपाम इन्जेक्सन २४२ एम्पुल, फेनारगन इन्जेक्सन ४४७ एम्पुल र डायजिल्याब इन्जेक्सन १८५ गरी १३१३ एम्पलु लागूऔषध बरामद गरेको उहाँले बताए ।
बरामद गरिएको प्रतिबन्धित लागूऔषध इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा