सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको हो ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरेको छ।

यसअघि नेपालले ०७५ पुसमा जुगल हिमाल आरोहणका लागि अनुमति दिएको थियो । जुगलसहित यसअघि ४१५ वटा हिमाल आरोहणको अनुमति प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय