सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक।
०२ फाल्गुन २०७८,काठमाडौं।
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
बैठकमा संसदको गतिरोध अन्त्य तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल हुने छ। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई सभामुखले छलफलमा बोलाएका हुन्।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बैठकमा सहभागी हुने–नहुने टुंगो छैन। आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै एमाले सभामुखप्रति रुष्ट छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा