झापाको चाउचाउ उद्योगमा लागेको आगो अझै निभेन।
२९ माघ २०७८, काठमाडौं।
झापा मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रण प्रयास आठ घन्टादेखि जारी छ । झापा, इलाम, मोरङ र सुनसरीका दर्जन बढी दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् ।
‘आगो नियन्त्रण प्रयास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले भने, ‘सुरक्षाकर्मी र दमकलको प्रयत्नमा आगो नियन्त्रण भइरहेको छ ।’
शनिबार बिहान करिब ३ बजे उद्योगमा आगो लागेको अनुमान छ । बिजुली सट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
उद्योगका सञ्चालक बुद्धि घिमिरेले उद्योगको मेसिन तथा उत्पादित करोडौं मूल्यको सामानसहित भवनमा क्षति पुगेको बताए । उनले करिब एक अर्ब बढीको क्षति हुन सक्ने अनुमान गरे । ‘केही पनि बाँकी रहेको छैन’, उनले भने,‘ठूलो क्षति भएको छ ।’
आगलागीबाट कारखाना र गोदाम जलेर नष्ट भएको भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा