
चुनावका लागि १० अर्ब बजेट छुट्याइयो।
२७ माघ २०७८,काठमाडौं।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएकोभन्दा झण्डै ५ गुणा बजेट बजेट माग भएको बताएका छन्।
बजेटमा चुनावका लागि भनेर १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। तर, विनियोजन गरिएकोभन्दा ५ गुणा बढी बजेट माग हुन आएको मन्त्री शर्माले जानकारी दिए ।
बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षीक समीक्षा गर्दै अर्थमन्त्री शर्माले चुनावका लागि बजेटको माग उच्च हुँदा मन्त्रालयलाई दबाब पुगेको बताए ।