डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढायो।
२७ माघ २०७८,काठमाडौं ।
सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ।
मूल्यबृद्धिसँगै अब डीडीसीको एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । यसअघि डीडीसीको दुधको मुल्य प्रतिलिटर ७६ थियो । संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो बढेको मूल्य
शुक्रबारदेखि लागू हुनेछ ।
बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।
यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा