विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । यो विद्यालय बिरौटामा छ । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीेको उद्धार गरेर गण्डकी मेडिकल कलेज पृथ्वीचोक ल्याइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय