निर्वाचनमा सुरक्षा खर्चबारे गृहमन्त्री र अर्थमन्त्रीबिच छलफल।
२६ माघ २०७८, काठमाडौँ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन सुरक्षा खर्चबारे गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबिच छलफल भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानको खरिदबारे छलफल भएको थियो।
सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेसँगै निर्वाचन खर्चका लागि दुवै प्रहरी सङ्गठनले गृहसँग रकम माग गरेका छन्। यस्तोमा प्रहरीले सबै हतियारदेखि सवारीसाधन समेत माग्ने गरेको छ। हरेक निर्वाचनमा सुरक्षा जनशक्ति अपुग भएको भन्दै म्यादी प्रहरी समेत राख्ने गरिएको छ।
सुरक्षा निकायले मागेको खर्चमा १२ अर्बबढी भएकाले गृह अर्थसँग छलफलमा जुटेको हो। छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारी सहभागी थिए।
छलफलमा सहभागीका अनुसार अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे जानकारी गराउँदै अत्यावश्यक विषयबारे जानकारी गराउन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय