गएको असार २८ गते (शुक्रबार) दुईवटा बससहित त्रिशूलीमा खसेर बेपत्ता भएका यात्रुहरूको खोजी जारी छ।

प्रहरीका अनुसार शनिबारसम्म २५ जनाको शव फेला परेको छ, भने ३७ यात्रु अझै बेपत्ता छन्।

शव फेला परेका मध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले फेला पारेकामध्ये ८ वटा शवको सनाखत हुन सकेको छैन्।

आज (शनिबार) दिउँसो प्रहरीले कुनै शव पनि फेला पार्न सकेको छैन्। बेपत्ता यात्रुको खोजीमा आजदेखि भारतको खोज तथा उद्धार टोली पनि खटिएको छ।

असार २८ गते शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं. को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं. को गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो।

ती बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए ।

विवरण :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय