बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते।
१३ माघ २०७८, काठमाडौं।
बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। जिल्लाको पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइतेहरुको जिल्ला अस्पताल डडेलधुरामा उपचार भइरहेको उनले जानकारी दिए।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर जाँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहान ५ः३० बजे दुर्घटनामा परेको हो। दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।
घाइते हुनेहरुमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका सुशीला चन्द, शिवनाथकै जनक औझी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पूजा भट्ट, बारा घर भएका सिराज अन्सारी रहेका छन्।
३२ यात्रु रहेको उक्त बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा