राष्ट्रियसभा निर्वाचनमा जाँदै गरेको गाडी दुर्घटना, सांसद घाइते।
१२ माघ २०७८, काठमाडौं।
राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।
सांसद चौधरी चढेको  बा २ झ ३४४४ स्कारपिओ  कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए ।  उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय