डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन भारतीय पक्राउ।
०९ माघ २०७८, काठमाडौं।
काठमाडौं- चिकित्सा शिक्षा आयोगले शनिबार लिएको
स्तानकोत्तर तह (एमडी/एमएस) को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, भारत बिहारका ३४ वर्षका शशिभूषण सिंह र भारत बिहारकै ३२ वर्षका कृष्ण मुरारी रहेका छन्।
प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार मिश्रा एलआरआई स्कुल कलंकीको परीक्षा केन्द्रबाट पक्राउ परेका हुन्। उनी नक्कली परीक्षार्थी हुन्।
यस्तै, एलआरआई केन्द्रबाट नै पक्राउ परेका सिंह बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने हुन् भने नेपाली सेनाको मेडिकल कलेजबाट पक्राउ परेका मुरारी परीक्षामा अमर्यादित कार्य गरेको भन्दै पक्राउ परेका हुन् ।