एकैदिन एक हजारले बढ्यो सुनको मूल्य।
०६ माघ २०७८, काठमाडौं।
बिहिबार सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ। त्यस्तै, आज बजारमा चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको बढेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय