मन्त्री आलेको निर्देशनपछि अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक एयरपोर्टमै रोकिए।

०२ माघ २०७८, काठमाडौँ।
रोयल्टी नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोल्सोभर त्रिभुवन विमानस्थलमै रोकिएका छन् । सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका काठमाडौँको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा सञ्चालित क्यासिनो सञ्चालक बोल्सोभर त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको हुन्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत बोल्सोभरलाई नेपाल छोड्न रोक लगाएको थियो । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले उनलाई अध्यागमनले रोकेको हो पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए।
पर्यटन विभागले क्यासिनो सञ्चालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम्म उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए । माइकले काठमाडौँको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा सञ्चालित क्यासिनो सञ्चालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल सञ्चालन गरेका छन्।
पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कारबाही अघि बढाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय