अनुसन्धानमा ढिलाई, अदालतद्वारा १७ दिन म्याद थप लाउरे हिरासतमै बस्ने।
२६ पुष २०७८, काठमाडौं।
लागूऔषध प्रकरणमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ
अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो ।
लाउरे पुस १६ गते प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ परेका थिए । लागूऔषध ब्राउन सुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत हुन् ।
अहिले रोडिजको चौंथो सिजन प्रसारण भैरहेको छ । सुटिङ यसअघि नै भैसकेकाले दर्शकले उनलाई जजकै रुपमा हेर्न पाउनेछन् । तर, सिजन पाँचमा लाउरेको भविष्य के हुने भन्नेबारे टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय