पाकिस्तानमा मस्जिदभित्र आत्मघाती बम बिस्फोट।
२० फाल्गुन २०७८, काठमाडौं।
पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटमा परी ५० जना बढी घाइते भएका छन्।
बिस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ। उनीहरूले मस्जिदको सुरक्षामा रहेका प्रहरीमाथि गोली हानेका थिए। गोली हानाहानमा एक जना प्रहरी र आक्रमणकारीको मृत्यु भएको थियो। त्यहीबेला अर्का आत्मघाती मस्जिदभित्र छिरेर बम बिस्फोट गराएका थिए।
आक्रमणको जिम्मा कसैले लिएको छैन। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय