युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा।
१४ फाल्गुन २०७८, काठमाडौं।
युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । ‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरु हालसम्म सुरक्षित हुनुहुन्छ, ‘ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो ।
दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय