डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए ।

डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’

आक्रमणकारी पक्राउ परेका छन् ।

आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
1
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय