
पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोरोना पुष्टि।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनामा गरिएको परिक्षणबाट ५४२ जनामा संक्रमण पुष्टि भएको हो। कोरोनाबाट उक्त अवधीमा कसैले पनि ज्यान गुमाएका छैनन्। यस्तै २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म देशभरमा ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।