उपत्यकामा देखियो १२ जनामा हैजाको संक्रमण।

काठमाडौं उपत्यकामा १२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको बताए । ती मध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ ।

यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका बागबजारमा बस्ने १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि काठमाडौंको बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको पुष्टि गरेको थियो । काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युबवेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको हो ।

पानीमा समेत हैजा फैलाउने जीवाणु भेटिँदा तथा हैजाका विरामी पनि बढ्दै जाँदा उपत्यकामा हैजा फैलिने डरसमेत बढेको छ । हैजा नियन्त्रणका लागि भन्दै ललितपुर महानगरपालिकाले ठेलागाडा व्यापारमा रोक लगाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय