
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
आइतबार मन्त्री पौडेलले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
आउँदो मंसिर १ गतेदेखि उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।