सरकारले वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुधन गुरुङले उक्त फाइल खोल्ने निर्णय गरेका हुन् ।

त्यस्तै, उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने निर्णय पनि गरेका छन् ।

गृहमन्त्रीको पदभार सम्हाल्दै गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने बताए । तर, नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने उनको भनाइ छ ।

आफूमाथि तथ्यबिना आरोप लगाइएको गुरुङको भनाइ छ । उनले मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भने ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय