मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । बजेट ल्याउने बेलामा मधेस प्रदेशका कुनै पनि सांसदहरूले सरकार परिवर्तनको सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर छ ।
बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए त्यो मधेस प्रदेशका लागि दुर्भाग्य हुने उनले बताए । ” मलाई विश्वास छ, यो सरकार अगाडि बढ्दैछ । अहिलेको परिवेशमा यो बजेट सञ्चालनको पीक आवर हो । बजेट बनाउने पूर्वसन्ध्यामा हामी छौँ । यसमा कसैले सरकार परिवर्तन गर्ने मनसाय बनाएको रहेछ भने यो प्रदेशको लागि दुर्भाग्य हुन्छ,” उनले भने ।



