राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता कार्यकर्ताहरू पुगेर अहिले विरोध गरिरहेका हुन् ।

लामिछाने र शाह सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन् ।

बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए ।

रवि, बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय