प्रधानमन्त्री सुशीला कार्कीले संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सिंहदरबारमा बुधबार बसेको निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधिहरुसँगको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन नै राष्ट्रको एकमात्र संवैधानिक र राजनीतिक निकास भएको स्पष्ट गर्दै संसद् पुनःस्थापनाको अडानले देशलाई फेरि राजनीतिक दुर्घटनातर्फ धकेल्ने चेतावनी दिइन्।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले युवाहरूको आक्रोश, दशकौँ देखिको कुशासन र राजनीतिक बेथितिविरुद्ध उठेको आन्दोलनको जगमा जन्मिएको स्मरण गर्दै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अन्योल राष्ट्रका लागि घातक बन्न सक्ने बताइन्।

उनले भनिन्- ‘यदि फेरि संसद् पुनःस्थापनाको एजेन्डा अघि बढाइयो भने त्यो विगतमा देशले भोगेको राजनीतिक दुर्घटनालाई दोहोर्याउने प्रयास मात्र मानिन्छ। लोकतन्त्रमा विश्वास गर्ने दलले निर्वाचनबाट भाग्न सक्दैन।’
प्रधानमन्त्री कार्कीले दलहरूको अनिश्चितता, निर्वाचनप्रति देखिएको ढिलासुस्ती र संवैधानिक प्रक्रियामाथिको प्रश्नले देशलाई पुनः अस्थिरताको चक्रमा फसाउने भएकाले सबै दलले मंसिर १० गतेभित्र अनिवार्य रूपमा चुनाव प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने बलियो आग्रह गरिन्।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय