निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनयन आगामी माघ ६ गते गर्ने प्रस्ताव राखेको छ ।

फागुन २१ गते हुने निर्वाचनको कार्यतालिकाबारे बिहीबार दलहरूसँगको छलफलमा आयोगले उक्त मिति प्रस्ताव गरेको हो । तर, प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि फेरि छलफल गर्ने जवाफ आयोगले दिएको छ ।

“प्रचारप्रसारको मिति १५ दिन दिने भनिएको छ । उमेदवारी दर्ता छिट्टै गर्ने कुरा अलि मिलेन कि भन्ने कुरा आएपछि फेरि छलफल गर्ने कुराकानी भएको छ,” स्रोतले भन्यो ।

समानुपातिकतर्फको उमेदवारीको बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ यसअघि नै सार्वजनिक भइसकेको छ । तर, आयोगले त्यसमा पनि परिमार्जन गर्ने गरी प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय