
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । मंगलबार सिंहदरबारमा छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारीलाई आगामी फागुन २१ का लागि तोकिएको चुनाव गराउने वातावरण सिर्जना गर्न आग्रह गरेकी छन् ।
“निर्वाचन जसरी पनि गर्नुपर्छ । चुनावको माहोल सिर्जना गर्नुस्, वातावरण बनाउनुस्,” आयोगका पदाधिकारीलाई कार्कीले भनेकी छन् ।
प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक राख्न पनि आग्रह गरेको स्रोतले जानकारी दियो । “सर्वपक्षीय बैठक राख्नुस् । बैठक आयोगले नै राख्ने हो,” कार्कीले भनेकी छन् ।