
नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।
आज दिउँसो भदौ २३ गतेको आन्दोलनमा मृत्यु भएका युवाका परिवारले बुझाएको जाहेरी लिएर आयोगमा पठाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जाहेरी लिएर आयोगमा पठाइएको जानकारी गराए ।
“गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको कार्यक्षेत्रमा रहने विषय भएकाले हामीले त्यता पठाएका हौँ,” उनले भने, “हामीले हेरेर उता पठाएका हौँ ।”
पीडित परिवारले दिएको जाहेरी लिएर पठाइएको उनले बताए ।