२०८३ सालमा महाधिवेशन गर्दा आमचुनावमा असर पर्ने भएकाले पनि छिट्टै महाधिवेशन गर्ने तयारी भइरहेको उनी तर्क गर्छन् । ‘आमचुनावलाई असर गर्ने भएकाले पनि यसैवर्ष महाधिवेशनको सम्भावना रहेको हो’ उनी भन्छन्, ‘अघिल्लो पटकको अभ्यासले पनि विधान महाधिवेशन लगत्तै महाधिवेशन गर्ने हो ।’
२०७८ असोजमा प्रथम विधान महाधिवेशन गरेको एमालेले त्यसै वर्षको मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन गरेको थियो । त्यसआधारमा २०८३ मंसिरसम्म एघारौं महाधिवेशन गर्नुपर्नेछ भने यो बीचमा विधान महाधिवेशन हुनुपर्छ । तर प्रधानमन्त्री पदमा रहेकै बेला ओलीले एमालेको महाधिवेशन पनि सम्पन्न गर्न लागेका छन् ।




