सिंहदरबार स्थित  खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः०० बजे मन्त्रालयमा आगलागी भएको थियो ।

नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय