
अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा उभिने सङ्केत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहित सँगको छलफल गरे पनि प्रतिवेदन तयार गरिसकेको छैन ।
बुधवार विज्ञहरूसँग समेत छलफल गरेको कार्यदल संयोजक यादवले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने बताए । अध्यादेशको पक्ष वा विपक्षमा उभिने भन्ने आधिकारिक निर्णय पार्टीले नै गर्ने यादवको भनाइ छ ।
‘सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशको माध्यमबाट मात्रै सरकार सञ्चालन गर्ने प्रवृत्तिको बढवा नहोस् । त्यसैलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै हो वैचारिक सैद्धान्तिक रूपमा’, यादवले भने, ‘अध्यादेशको कन्टेनको आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको थप अध्ययन गरेर भोलि निर्णयमा पुग्छौ ।’