साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको (क) नम्बरमा रहेकाले सुरुमै रविको बयान सुरु हुनेछ । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

रास्वपा सभापति लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवनमा मुद्दा दायर भएको थियो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्र  दर्ता भएको थियो ।

कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा  सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय