नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारीकेन्द्रित अभियान सञ्चालन गर्ने बताएका छन्।

पर्वतमा मंगलबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘केही दिनअघि मात्रै कांग्रेस केन्द्रीय कार्यालयमा सानासाना उद्यम चलाएका मानिसलाई बोलायौं, उनीहरूका कथा सुन्यौं। सामानका प्रदर्शनी राख्यौं। अब फागुन २६ र २७ गते विदेशका पनि केही अनुभवी मानिसलाई बोलाएर नेपालको अर्थतन्त्र कसरी उकास्ने भनेर छलफल गर्दैछौं।’

उनले फागुनको पहिलो सातामा आफू र महामन्त्री विश्वप्रकाश शर्माले रोजगारी केन्द्रित अभियान सुरूवात गर्ने बताए।

‘फागुन पहिलो साता दुइटा महामन्त्रीले एक वर्षीय रोजगारीकेन्द्रित अभियान चलाउँदैछौं। एक वर्षभर हामी रोजगारीकेन्द्रित विषयमा छलफलमा केन्द्रित रहनेछौं,’ महामन्त्री थापाले भने, ‘नेपाली तन्नेरीलाई नेपालमै रोजगारी सिर्जना कसरी गर्ने भनेर छलफल गर्दैछौं किनकी यो हाम्रो जिम्मा हो।’

उनले मुलुकमा केही निराशाका व्यापार गर्ने र उपद्रो मच्चाउनेहरू रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय