
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभका लागि केबलकार बनाउन दिन नहुने बताएका छन् ।
आईतवार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताए । उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए ।
पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्य अघि बढाउनुपर्नेमा उनकाे जोड छ । सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताउँदै लिङदेनले जनतामाथि गरिएको प्रहरी दमन समेत समेत राेकिनुपर्ने बताए ।व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धित विषयहरुमा मात्रै सरकार केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
उनले भने, ‘तोप्लेजुङमा सरकारले कुनै व्यापारीको फाइदा,केही राजनीतिक नेताहरुको कमिसन,शेयर सुरक्षाको लागि जनता माथि होली चलाएर,निर्मम दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी छैन । केबलकारको आवश्यकता हो वा होइन । स्थानीय जनतालाई कति फाइदा गर्छ । केवलकारले त्यहाँको मौलिकताको सुरक्षा,सनादन परम्परामाथि आक्रमण र सुरक्षा हुन्छ की हुँदैन । त्यसको विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्य अघि बढाउनुपर्छ । त्यस कारण अहिले केवलकार निर्माण कार्य तत्काल रोक्न तथा जनता माथि गरिएको प्रहरी दमन रोकी प्रहरीहरु फिर्ता गरी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै भय र आतंकको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्छ । सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र सम्वादको वातावरण बनाउनुपर्छ । थुनामा रहेका मानिसहरुलाई छोड्नुपर्छ । घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ।’
सरकारले दमन र निर्माण कार्य स्थगित गरेर वार्ता र संवादको वातावरण बनाउनुपर्नेमा उनकाे जोड छ । उनले सरकारसँग थुनामा रहेका मानिसहरुलाई छोड्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरे ।