नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताए ।

सहकारीमा लाखौँ बचत कर्ताको रकम सञ्चालकले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ‘ग्यारेन्टी’ गराउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रले नै गति लिने उनले बताए ।

उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेको धारणा व्यक्त गरे । कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय