नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका हुन् ।

उनले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढङ्गले अध्यादेश ल्याएको आरोप लगाए ।  आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको समेत उनले जिकिर गरे ।

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।

सापकोटाले पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय