नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्ण रूपमा असफल भइसकेको बताएका हुन् ।

दुईतिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढंगले अध्यादेश ल्याएको उनको आरोप छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको उनले दाबी गरे ।

सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकलाई फास्टट्र्याकमा लैजाने कुराले सरकार अत्तालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदलाई निर्देशन दिएको उनले बताए ।

सापकोटाले पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्ध्याउन नसक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय