देशभर शहकारी संस्थाहरुको नेटवर्क नै खडा गरेर बचतकर्ताहरुको रकम अपचलन गरेको आरोप लागेका गितेन्द्र बाबु अर्थात जीबी राई फरार छन् ।

नेपाल प्रहरीले फरार जीबीलाई नियन्त्रणमा लिन धेरै प्रयास गरेपनि पक्राउ भने गर्न सकिरहेका छैन । फरार जीबीविरुद्ध ‘इन्टरपोलले डिफ्युजन नोटिस’समेत जारी गरिसकेको छ ।

जीबी राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाटै गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रविविरुद्ध पनि उजुरी दिए ।

अध्यक्ष जीबीसहितका सञ्चालकविरुद्ध भने पहिले नै मुद्दा दायर भइसकेको थियो । यसै प्रकरणमा शहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परिसकेका छन् ।

जीबी र रविले मिलेर ग्यालेक्सी फोरके टीभी संचालनमा ल्याएका थिए । तत्कालीन समयमा उनीहरु व्यावसायिक साझेदार भएपनि रविले पछि राजनीतिमा होमिने भन्दै टेलिभिजन छाडे । तर रविलाई नै मुख्य आकर्षण बनाएर खोलिएको ग्यालेक्सी फोर के टेलिभिजनमा शहकारीकै रकम लगानी भएको तथ्यहरु बारिरिए ।

पछि टिभी छाड्दा रविको खातामा १ करोड रकम आएको भनि केही चर्चा भयो । तर यसलाई रविले आफूविरुद्ध फसाउने नियतले षड्यन्त्र गरिएको भन्दै आफूले टिभी छाड्दा कतैबाट रकम नलिइएको दावी गर्दै आएका छन् ।
यस प्रकरणमा रवि अझै सरकार पीडितहरुबाट घेरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रविविरुद्ध शहकारी पीडितहरुले उजुरी नै दिए पछि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत हाल अनुसन्धान गरिरहेको छ ।

जीबीसँगको व्यवसायीक साझेदारीमा सहकारीको रकम लिएको आरोपपछि रवि पनि यस प्रकरणमा गहिरोगरी मुछिँदै आएका हुन् । यहि प्रकरणमा नेपाल प्रहरीका विभिन्न एकाइले अनुसन्धान गरिरहेको बेला प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा रहेको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान थालेको हो ।

विभागले गत माघ ८ गते नै २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर रवि र जीबीको खाता छ कि छैन ? भए कुन प्रकारको खाता हो  ? खाता खोल्दाको रकम, कारोबारको विवरण, पेस भएका कागजात र हालको रकमसमेत ‘एक्सेल’ फाइलमा खुलाएर पठाउन परिपत्र गरेको थियो ।

त्यसपछि रवि र जीबीको खाता भएका बैंकहरूले विभागलाई विवरणसमेत दिइसकेका छन् । तर उता रवि भने विना कारण र आधार आफूलाई फसाउने नियत मात्रै राखिएको भन्दै गृहमन्त्री र गृहप्रशासनमाथि खनिदै आएका छन् । रविले शहकारी प्रकरणमा गृहमन्त्रीले प्रहरी अधिकारीमाथि अनावश्यक दवाव दिने गरेको समेत आक्षेप लगाउँदै आएका छन् ।

यही आक्षेपपछि रविलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिलेको जस्तो सबै गल्तिमा छुट नहुने भन्दै संसदीय समितिको बैठकमा शहकारी ठगी प्रकरण पनि घुसाइ दिएका थिए ।

यदी शहकारी ठगी प्रकरणमा रवि ंलग्न भएको आधार भेटिए कारवाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी थियो ।

तत्कालीन रविका व्यावसायीक साझेदार जीबीविमाथि कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ३५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

सोही रकम रविको खातामा पनि आएको भन्ने चर्चाकाबीच अनुसन्धान भइरहेको हो ।

यसअघि गृहमन्त्रालयले मात्रै शहकारीको प्रकरणमा अनुसन्धान गर्दै आएको थियो । तर गत माघ २२ गते पुरक उजुरी परेपछि प्रधानमन्त्री निकट रहेको सम्पत्ति सुद्धिकरण विभागले पनि यसमाथि अनुसन्धान थालेको हो ।

शहकारी ठगी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रालयमै बोलाएर रविमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए । त्यसपछि प्रमुख बज्राचार्यले विभिन्न सरकारी निकायसँग परामर्श थालिन् ।

उनले सुरुमा प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चपदस्थ कर्मचारीसँग परामर्श गरेको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ‘ग्रिन सिग्नल’ दिएपछि रविमाथि सशशक्त अनुसन्धान भइरहेको हो ।

अहिले सीआईबीले सहकारी ठगीमा कोको संलग्न थिए भनेर व्यक्ति विषयभन्दा पनि सहकारी पीडितको यो हविगत कसरी भयो भनेर अनुसन्धान गरिरहेको दावी गरेको छ ।

रवि र शहकारीमाथि भइरहेको यी बृहत अनुसन्धानले कस्तो निष्कर्ष निकाल्छ त्यो भविष्यले नै देखाउने छ । र, अनुसन्धानले सहकारीको रकम रविको खातामा आएको भनि गरिएको चर्चालाई तत्यसहित प्रमाणित गर्छ वा त्यसलाई गलत सावित गराउँदै रविलाई निर्दोष ठहर्याउँछ, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
1
+1
5
+1
1
+1
2
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय