
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो । यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो ।