वास्तवमा यो भन्नै पर्ने हुन्छ कि यो आफैमा करोडौ डलरको प्रश्न हो। पहिलो र मुख्य कुरा; हामी यो प्रश्न कूटनीतिक क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूलाई सोध्न सक्छौं र दोस्रो हामी यो प्रश्न विश्व प्रसिद्ध नेताहरू, लोकप्रिय राजनीतिज्ञहरू, शीर्ष समस्या निवारक-राजदूतहरू, सद्भावना दूतहरू र कूटनीतिज्ञहरूलाई पनि सोध्न सक्छौं। यी दुई हतियार (ट्विटर र फेस बुक) हरू विशेष गरी ती कूटनीतिज्ञहरूका लागि सबैभन्दा मूल्यवान हतियार हुन्छन् जो तेस्रो विश्वबाट आएका कूटनीतिक कर्मचारी : जहाँ उनीहरू यी दुई हतियार बिना मुल्य किन्न सक्छन र विश्वको कुनै पनि ठाउँमा सजिलै भाडा नतिरीकनै आफैसँग लैजान पनि सक्छन् ।
अर्को कुरा तपाईले यी हतियारलाई फायर गर्न कुनै सीमामा बाँधिए बस्नै पर्दैन । तर तपाईले फायरको लागि बुलेट छनौट गर्दा आफ्नो अनुभवको कसीमा कम्पोज गरिएको बुलेट छान्नै पर्छ। गलत फायरले पर्यावरण सजिलै बिग्रन पनि सक्छ । “ट्विटर” भनेर चिनिने सोशल मिडियाको माइक्रो ब्लगिङ साइट नि:सन्देह कूटनीतिज्ञहरू र सरकारी कर्मचारीहरू बीचको सबैभन्दा छिटो बढ्दो सामाजिक सञ्जाल उपकरणहरू मध्ये एक रहेको छ ।
यो विश्वभरका शीर्ष कूटनीतिज्ञहरूका लागि डिजिटल कूटनीतिको एक साँचो पहल पनि हो। वास्तवमा १४० क्यारेक्टरहरूले मार्च २००६ अघि हामीले संसारलाई हेर्ने तरिकामा व्यापक परिवर्तन गरेको छ। विदेश नीतिका केही पण्डितहरू जो ट्वीट गर्न मन पराउँछन्, उहाँहरूका अनुसार यसले पछिल्लो मुद्दाहरूमा छिटो प्रतिक्रिया दिन आफ्नै सूक्ष्म तरिकामा विदेश नीतिको shape र size परिवर्तन गरेको छ . अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित बिषयलाई।
हामी सजिलैसँग देख्न सक्छौं कि कसरी Vox Populi कूटनीतिको ediplomacy बाट Twiplomacy मा परिवर्तन भईरहेको छ। आजको दुनियामा कसैले यसलाई रोक्न सक्दैन र यो तपाई हाम्रो आँखाको अगाडि भइरहेको छ । किनकि ट्विटर rescue का लागि त्यहाँ हाजिर हुन्छ । अर्कोतिर फेसबुकको कुरा गर्दा यस्ले अझै पनि सामाजिक संजालमा आफ्नो पुरानो किल्लालाई अक्षुण राखेको छ ।
जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड भन्ने हाम्रो पुरानो नेपाली उखानलाई एक पटक स्मरण गरौं र ट्विटर वा फेस बुक मध्ये जुनबाट हामीले अत्यधिक प्रभावकारी रुपमा रियल टाईममा संचार गर्न सक्छौ त्यसलाई रौजौं ।कूटनीति क्षेत्रमा ट्विटरले नै राज गरेको देखिन्छ । तर यस क्षेत्रमा ख्याल गर्नै पर्ने एउटा कुरा के छ भने ट्विट गर्दा अधिकार प्राप्त र सम्बन्धित व्यक्तिले मात्र ट्विट गर्नु पर्ने हुन्छ । अब कुटनीतिमा पनि औपचारिकताको गायत्री मन्त्र जपेर मात्र हुन्न भन्ने मान्यताबाट अलिकति अघि बढेर धेरै देशका कूटनीतिज्ञहरूले थोरै personal-touch दिएर र informal संचारलाई पनि अभ्यासमा ल्याउन थालिसकेको अवस्था छ । हाम्रोमा पनि congratulatory message, condolences message आदिलाई औपचारिक ट्वीटर ह्याण्डलबाट पठाउने अभ्यास भएको पाईन्छ। जुन अभ्यास समयसापेक्ष छ।
—-प्रवीण भट्टराई—-