धनुषामा जीवन उपयोगी सीप विषयमा ५ दिने तालिम सम्पन्न 

नरेन्द्र महताे -गाैशाला -महाेत्तरी -कार्तिक १४

बाल विवाह अर्थात उमेर नपुगि विवाह गर्ने ,जवरजस्ती विवाह तथा अन्य घरेलु महिला हिंसाकाे विरुधमा धनुषाको जनकपुरधाममा जीवन उपयोगी सीप विषयक ५ दिने तालिम सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको जीवन उपयोगी सीप विषयक तालिम शनिवार ५ वजे सम्पन्न भएको हाे ।

 

महोत्तरी जिल्लाका ५ वटा पालिका बाट ४९ जना स्वयंसेवकहरुको सहभागितामा रहेको तालिमा किशोर ,किशोरी कक्षामा जीवन उपयोगी सीप सम्बन्धि विषयमा सहजिकरण गर्न सक्षम बनाउने उद्देश्यले जलेश्वर, लोहारपट्टी, मनरा सिसवा, बलवा नगरपालिका तथा महोत्तरी गाउँपालिका स्वयंसेवकहरुको सहभागीता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि: प्रदेश नं. २ का महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले स्वयंसेवकहरुले लिएको तालिमलाई अवश्य नै बालविवाह, उमेर नपुगी विवाह र जबरजस्ती विवाहलाई न्युनीकरण हुने आशा गरिन् । साथै बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहकार्य महत्वपूर्ण रहेको बताईन ।

 

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले हामी पहिला पनि खुल्ला दिशा मुक्त अभियान चलाएर खुल्ला दिशा मुक्त घाेषणा गर्न सफल भएका छाै । अहिले पनि यस्ता किसिमका कार्यक्रम गर्न सफल हुने विश्वास व्यक्त गरे। तर जसरी तिनै तहका सरकारले सहयोग गर्नु पर्ने तर हुन सकिरहेको छैन उनले भने।

 

उक्त कार्यक्रम रताैली युवा क्लबका सचिव: रजनीस यादवको अध्यक्षता, अतिथि क्लबका सल्लाहकार जुगेश्वर शाह, संस्थाका सदस्य: धर्मेन्द्र यादव, अतिथि: सेभ द चिल्ड्रेन परियोजना संयोजक: असबिर सारु, रताैली युवा क्लबको परियोजना संयाेजक: सुनर हरिजन, फिल्ड सुपरभाइजरहरु लगायत स्वंसेवकहरुले सहभागी जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय