आफ्नो क्षेत्रका नेता रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्लेसँगै उद्योग नगरी वीरगन्जले ठूलो अपेक्षा राखेको छ । लामो समयसम्म वीरगन्जमा रहेर रजानीति गरेका रिजाल उद्योग मन्त्री बन्दा आफ्ना समस्या समाधान हुन्छ भन्ने अपेक्षा यहाँका उद्योगी व्यवसायीले राखेका छन् ।

यस्तै वीरगन्ज उद्योग वााणिज्य संघको नेतृत्व वीरगन्जका व्यवसायी अशोक टेमानीले सम्हालेका छन् । चैत १७ गते वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा अनिल अग्रवाल आएका छन् । संयोगले देशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्लेका मन्त्री रिजाल, निजी क्षेत्रको छाता संगठनको मधेस प्रदेशको नेतृत्व र वीरगन्जको नेतृत्व सम्हाल्ने तीनै जना पर्सा जिल्लावासी नै परेका छन् ।

चैत १६ गते जनकपुरमा पद हस्तान्तरण समारोहमा देशभरबाट उद्योग व्यवासयमा नेतृत्व गर्नेहरुले आएर अर्थतन्त्र संकटग्रस्त रहेको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए । वीरगन्जमा अनिल अग्रवालले नेतृत्व सम्हालिरहँदा पनि उद्योगी व्यावसायीले देशको आर्थिक अवस्थाको बारेमा नै चिन्ता व्यक्त गरे । त्यहि दिन पर्साकै रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएको खबरले उनीहरु केही आशावादी देखिएका छन् ।

लामो समयसम्म वीरगन्जमा रहेर रजानीति गरेका रिजाल उद्योग मन्त्री बन्दा केही गर्ला भन्ने अपेक्षा यहाँका उद्योगी व्यवसायीले राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न जनकपुरमा आयोजित कार्यक्रममा उनीहरुले निजीक्षेत्रले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेकोले सरकारले यसलाई यथोचित सम्बोधन गरोस भन्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश निजीक्षेत्रको प्रतिनिधित्व गरेका वक्ताले राज्य निजीक्षेत्रको समस्याप्रति गम्भीर नभएको गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजीक्षेत्रले दिएका सुझावलाई राज्यले सम्बोधनमा ध्यान नदिएकै कारणले अर्थतन्त्र अहिले खराब अवस्थामा रहेको बताए । पूर्व अध्यक्ष चण्डीराज ढकालले नेपालको निजीक्षेत्र २५ वर्षसम्म निरन्तर प्रताडित भएको भन्दै अझैपनि समस्या समाधान हुन नसकेको जिकिर गरे ।

उनले गुणस्तरीय उत्पादनलाई बजारीकरण गर्न चुनौतीपूर्ण रहेको अवस्थामा बैंकको नीतिले निजीक्षेत्रलाई थप प्रताडित बनाएको बताए । लगानीको पहिचान गर्न र प्रदेश सरकारसँग सहकार्य गर्न नवनिर्वाचित समितिलाई सुझाव दिँदै स्रोत र साधन परिचालन गरी विकास गर्न सक्ने क्षमता र सम्भावना भएकोले अशोक टेमानीको नेतृत्वलाई प्रदेश सकारसँग सहकार्य गरेर लान सक्नुपर्नेमा जोड दिए ।

अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योग व्यावसायका लागि एकल विन्दुमा उद्योग दर्ता गर्ने व्यवस्था गर्न माग गरे । सरकार एउटै हो भने एउटा विन्दुमा दिएको रिपोर्टलाई मान्यता दिनुपर्न श्रेष्ठको तर्क छ । उनले प्रदेशमा काम गर्नेले प्रदेशमा र देशभरमा काम गर्नेलाई केन्द्रमा दर्ता गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । कर्मचारीतन्त्रले जरिवाना लिएर काम देखाउने प्रवृत्ति बढेको भन्दै सरकारले उठाउने राजस्वले तलब दिनपनि नसक्ने उनले दावी गरे ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई अगाडि राखेर निजीक्षेत्रको समस्याको बारेमा सरकारलाई अवगत गराएका थिए । नवनिर्वाचित अध्यक्ष टेमानीले पदभार ग्रहण प्रश्चात गणतन्त्र आएको ६ वर्ष भएपनि राज्यको निजी क्षेत्रसँगको व्यवहार अझै परिवर्तन नभएको भन्दै गुनासो सुनाए । उनले मधेस प्रदेश सकारसँग सहकार्य गर्न चाहेको बताए ।

उनले मधेस प्रदेश सरकारलाई आर्थिक विकासको सन्दर्भमा केही सुझावहरु पनि प्रस्तुत गरे । पैसाले मात्रै सबै समस्याको समाधान नहुने भन्दै निर्माणधिन पूर्वाधार संरचनाहरु समयमा सम्पन्न हुन नसक्नु र यसको अनुगमनको पाटो फितलो हुँदा राज्यमा अभिभावकविहीन भएको जस्तो महशुस भएको उनले सुनाए । मधेस प्रदेशले मात्रै देशलाई अन्न खुवाउन सक्ने क्षमता भएपनि किसानसँग मलखाद, बीऊबिजनको समस्या अझै विद्यमान रहेको बताए ।

मधेसमा कृषिका लागि नयाँ उद्यमीहरु जोड्ने पहल गरिरहेको भन्दै यसमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । साथै आगामी १० वर्षमा मधेस प्रदेश २०९० सम्ममा समृद्ध बनाउने अवधारणा पनि प्रस्तुत गरे । उद्योगी व्यवसायीको समस्या सुनिसकेपछि मधेस प्रदेशका मुख्यमन्त्री यादवले आफू सामान्य किसानको छोरो भएकाले उद्योगको बारेमा खासै नभएको सुनाउँदै उद्योगी व्यवसायीलाई आफ्ना राखन आग्रह गरे । निजी क्षेत्रले जे सुझाव सरकारलाई दिँदै आएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री यादवले पनि त्यहि कुरा राखे । उनले भने, “पानी र जवानी खेर फाल्नु हुँदैन । हाम्रो देशमा पनि खेर गइरहेको छ । तर, सिँचाईको व्यवस्था छैन । हाम्रो ठूलो संख्यामा युवा जनशक्ति रहेका छन् । तर, युवाहरु विदेश पलायन भइरहेका छन् । जबसम्म यी दुवैलाई प्रयोग गर्दैनौं तबसम्म देशको विकास हुँदैन ।”

उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले उद्योगी व्यवसायीको हौसला कम गर्ने काम गर्न नहुने भन्दै मधेस प्रदेश सरकारले उद्योगी व्यवसायीको सुरक्षाका लागि काम गर्ने बताए । उनले मधेस प्रदेश सरकारप्रति आस्था र विश्वासमात्रै राखिदिन आग्रह गरे । अहिलेको सूचना प्रविधिको युगमा मधेसका सामाजिक र आर्थिक विकासको नाममा महिलालाई सिलाई कटाई, पातको भाँडा बनाउने तालिम दिएर मात्रै समृद्धि खोज्नु मुर्खता भएको उनको तर्क छ ।Source:Karobar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय